हिमालयन रिको आईपीओ बाँडफाँट

राम्रो अनलाइन     ११ पुस २०८०, बुधबार
हिमालयन रिको आईपीओ बाँडफाँट

काठमाडौँ– सर्वसाधारणका लागि जारी भएको हिमालयन रिइन्स्योरेन्सको आईपीओ बुधबार बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बुधबार विहान आईपीओ बाँडफाँट गरेको हो । आवेदन स्वीकृत भएका सबैले हिमालयन रिइन्स्योरेन्सको आईपीओ पाएका छन् । ३० कित्तासम्म माग गर्नेले माग गरेजति नै पाएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

कम्पनीले गत मंसिर २७ देखि शेयर निष्कासन गरेको थियो। कम्पनीले कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि आवेदन खुलाएको थियो । 

प्रतिक्रिया