फ्रेबुअरी ९ बाट जापान र कोरियामा दयाहाङको  ‘हात्तीछाप’

राम्रो अनलाइन     १० पुस २०८०, मङ्गलबार
फ्रेबुअरी ९ बाट जापान र कोरियामा दयाहाङको  ‘हात्तीछाप’

काठमाडौँ– माघको २६ गतेबाट नेपाली फिल्म ‘हात्तीछाप’  प्रदर्शनमा आउने भएको छ । अहिले नेपाली फिल्मका लागि विदेशी बजार लगानी उठाउने बलियो माध्यम बनिरहेको छ । 

किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ । 

जापान र कोरिया नेपाली फिल्मका लागि राम्रो बजार मानिन्छन् । यसैले, यो बजारमा ‘हात्तीछाप’ले पनि उत्कृष्ट व्यापार गर्ने विश्वास टिमको छ । 
 

प्रतिक्रिया