काठमाडौं– संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेयक) मा छलफल गर्न प्रमुख तीन दलका नेताहरुको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरू बिच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सङ्क्रमणकालीन न्यायसम्बन्धी छलफल भइरहेको छ ।
यसअघि आइतबार पनि प्रधानमन्त्रीले देउवा र ओलीलाई बालुवाटारमा बोलाएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउने विषयमा छलफल गरेका छन् । छलफलमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी थिए ।