प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्ने भएका छन् । ४९ वर्षीय राईले माघ ११ गते शेर्पा थरकी युवतीसँग विवाह गर्ने तय भएको बताइएको छ ।
मुख्यमन्त्री राईलाई धेरैजसो सञ्चारकर्मीले अन्तर्वार्ताका विवाहका बारे प्रश्न गर्ने गरेका थिए । उनले प्रदेशको नामकरणपछि परिवारले छानेको युवतीसँग विवाह गर्ने बताउँदै आएका थिए ।
संघीय सरकारको सूचना तथा प्रविधिमन्त्री समेत भइसकेका मुख्यमन्त्री राई भोजपुरमा जन्मिएका हुन् ।