प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

राम्रो अनलाइन     ११ चैत २०८२, बुधबार
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

काठमाडौं – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार (चैत ११) शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् । ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई बिहीबार (चैत १२) पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित भएका छन् । केसी नेपाली कांग्रेसको तर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया