एकैदिन १४ हजार ६०० ले बढ्यो सुनको भाउ, कतिमा काराेबार हुन्छ ?

राम्रो अनलाइन     ११ चैत २०८२, बुधबार
एकैदिन १४ हजार ६०० ले बढ्यो सुनको भाउ, कतिमा काराेबार हुन्छ ?

काठमाडौं – केही दिनयता लगातार घट्दै आइरहेको सुनको भाउ बुधबार (चैत ११) ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलामा १४ हजार ६०० रुपैयाँले बढेको हो । उपभोक्ताले एक तोला सुन खरिद गर्न दुई लाख ८८ हजार ५०० रुपैयाँ तिर्नुपर्नेछ । 

हिजो प्रतितोला दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, चाँदीको मूल्य भने तोलामा ४१५ रुपैयाँले बढेर चार हजार ९२० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चार हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो । 
 

 

प्रतिक्रिया