गीतालाई दोधारमा नपार्न पुष्पको आग्रह

राम्रो अनलाइन     ०३ चैत २०७८, बिहिबार

 

काठमाडौँ–  विदेशमा रहेर पनि दर्जनौ श्रष्टाहरु नेपाली गीतसंगीतमा सक्रिय छिन् । अमेरिकामा रहेर गायनमा निरन्तर लागिरहेकी गायिका हुन् रानी शाक्य । रानीले दर्जनौ गीतहरु दर्शकमाझ ल्याइसकेकी छिन् । उनै, रानीको स्वरमा समावेश नयाँ गीत ‘नपार दोधारमा’ सार्वजनिक भएको छ । रानी र रोशन बलुवाको स्वर रहेको यो गीतमा विक्रम केसीको शब्द र रोशनकै संगीत छ । 

गीतको भिडियोमा नायक पुष्प खड्का र मोडल गीता ढुंगानालाई रोमान्टिक रुपमा अभिनय गरेका छन् । मदन खड्काको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको यो भिडियोमा विरेन्द्र भट्टको छायांकन, विकास ज्ञवालीको सम्पादन छ ।भिडियोमा पुष्प र गीताको जोडी जमेको छ । उनीहरु, एक अर्काको प्रेममा रमाइरहेको देख्न सकिन्छ । 

प्रतिक्रिया