काठमाडौं–काठमाडौंको तीनकुनेमा अवस्थित पेन्टागन इन्टरनेशनल कलेजले आधुनिक शिक्षा, अनुसन्धानमूलक शिक्षण पद्धति र विद्यार्थीहरूको सर्वांगीण विकासलाई प्रवर्द्धन गर्दै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा आफ्नो पहिचान कायम गरिरहेको छ।
यस कलेजमा विज्ञान, व्यवस्थापन र मानविकी विषयहरूमा उच्चस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय मानक अनुसारको शिक्षा दिने उद्देश्यले यहाँ अनुभवी शिक्षकहरू, आधुनिक प्रयोगशाला, पुस्तकालय र स्मार्ट कक्षाकोठाहरू उपलब्ध गराइएको छ।
कलेज प्रशासनले विद्यार्थीहरूको रुचि अनुसार खेलकुद, सांस्कृतिक कार्यक्रम, शैक्षिक भ्रमण र सेमिनार जस्ता गतिविधिहरू आयोजना गरी प्रतिभा निखार्ने वातावरण सृजना गरेको छ। साथै, विद्यार्थीहरूले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागीता जनाउँदै उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
पेन्टागन इन्टरनेशनल कलेजका अध्यक्ष डा. एसपी सिंह विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा, नैतिक मूल्य र व्यावहारिक ज्ञानबाट सशक्त बनाउनु कलेजको उद्देश्य रहेको बताउँछन् । उनले यस वर्ष विद्यार्थी भर्ना अभियान सुरु भएको पनि जानकारी दिए ।
शिक्षा, अनुशासन र नवीनतम प्रविधिमा आधारित यो शिक्षण संस्था आगामी दिनमा थप प्रगति गर्ने लक्ष्य लिएर अगाडि बढ्दैछ।