काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गृहमन्त्रालय तत्कालका लागि आफैँसँग राख्ने भएका छन् ।
बुधबार गृहमन्त्री सुधन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएसँगै तत्कालै गृहमन्त्री नियुक्ति नगरिने भएको हो ।
‘तत्कालका लागि गृह मन्त्रालय प्रधानमन्त्री आफैँले राख्नुहुन्छ । विवादबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न सक्ने सम्भवना पनि छ,’ प्रधानमन्त्री स्रोतले बाह्रखरीसित भन्यो ।