बिष्णु खत्रीको देउसी भैलो गीत

राम्रो अनलाइन     १२ कात्तिक २०७८, शुक्रबार

 

सर्जक एवं गायक विष्णु खत्रीले बिहीबार ‘शङ्कर ध्वनि देउसी भैलो’ बोलको देउसी भैलो गीत सार्वजनिक गरेका हुन् । गीतमा उनीसँगै लोकदोहोरी क्षेत्रका अन्य ७ जना गायक–गायिकाहरुले स्वर दिएका छन् । विष्णुसँगै राजु परियार, बद्री पंगेनी, बिमलराज क्षेत्री, शर्मीला गुरुङ, टीका पुन, देवी घर्ती, जुना श्रीसको स्वर गीतमा सुन्न सकिन्छ । लोकदोहोरी क्षेत्रमा लामो समयदेखि सक्रिय उनीहरुले पहिलोपटक एकसाथ एउटै गीतमा सहकार्य गरेका हुन् ।

विष्णुकै शब्द–रचना रहेको गीतलाई कृष्ण बि।के।ले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा गायक–गायिकाहरु स्वयंम देखिएका छन् । उनीहरुका साथमा रामजी खाँण, करिष्मा ढकाल र लोमश शर्माको अभिनय भिडियोमा हेर्न सकिन्छ ।

काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा तयार भिडियोलाई करन चैसिरले छायाँकन, दिपक विष्टले सम्पादन गरेका हुन् । युट्युबमा भिडियोलाई अहिलेसम्म ९६ हजार बढी पटक हेरिएको छ ।

प्रतिक्रिया