भारत भ्रमणले उँचो बनाएको नेपालको शिर !

गुरु केदार बराल     ०८ मंसिर २०८३, मङ्गलबार
भारत भ्रमणले उँचो बनाएको नेपालको शिर !

ग्रहदशा अनुकूल हुँदा सही समयमा सही निर्णयले पनि राम्रो परिणाम दिन्छ। प्रधानमन्त्री बालेन शाहको यसपटकको भारत भ्रमण त्यसको एउटा सुन्दर उदाहरण बनेको छ।

२५ घण्टाको यात्राले केवल कूटनीतिक भेटघाट मात्र गरेन, नेपाली जनताको आत्मसम्मान र राष्ट्रिय स्वाभिमानलाई पनि उँचो बनाएको छ। भारतमा उनले देखाएको आत्मविश्वास, प्रस्तुत गरेको नेपालको पहिचान र लुम्बिनी नेपालको हो भन्ने ऐतिहासिक सत्यलाई अन्तर्राष्ट्रिय रूपमा उजागर गर्ने प्रयास प्रशंसनीय छ।

छिमेकीसँग मित्रता र सहकार्य आवश्यक छ, तर आफ्नो राष्ट्रिय स्वाभिमानमा सम्झौता नगरी। उनले भारतलाई सम्मान दिए, बदलामा नेपालको सम्मान पनि उच्च राखे।

युवा उमेरमै प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देखाएको यो परिपक्वता र साहस प्रशंसायोग्य छ। आखिर सत्यको आवाज जति नै दबाउन खोजे पनि सत्यले नै जित्छ।

देशको शिर उँचो होस्, मित्रता बलियो बनोस् र नेपालको स्वाभिमान सधैँ अटल रहोस् ! 

प्रतिक्रिया