पहिलो दिनको यात्रा कुण्डलीमा चन्द्रमा वृष राशिमा उच्च हुनु र जन्मकुण्डलीको चन्द्रराशिसँग अनुकूल सम्बन्ध बन्नु राम्रो पक्ष हो।
दोस्रो दिन वार्ताका समयमा चन्द्रमा मेष राशिमा रहनु पनि सकारात्मक संकेत हो। यस वर्षका राजा बृहस्पति र मन्त्री मंगल नवौँ धर्मस्थानमा रहनु तथा केतु–बृहस्पतिको पितृसम्बन्धी योग पनि धर्मस्थानमा रहनु शुभ पक्ष हो।
समग्रमा भ्रमण र वार्ताका लागि ग्रहस्थिति सकारात्मक देखिन्छ। यी शुभ संकेतलाई उपलब्धिमा बदल्न प्रधानमन्त्रीज्यू र उहाँको टिम सफल रहोस्।शुभ यात्रा, सफल वार्ता र नेपालको हितमा उत्कृष्ट उपलब्धिको कामना !