काठमाडौँ– रुसी सेनामा भर्ना भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका वडा नं. ४ काठेवर निवासी सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको खबर आएको उनका छिमेकी खगेश्वर थापाले बताएका छन्।
दुई वर्षदेखि कतारमा कार्यरत सोनु केही महिनाअघि मात्रै उतैबाट रुस गएका थिए ।