काठमाडाैं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारको लागि मूल्य सार्वजनिक गरेको छ। जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ७८ रुपैयाँ पुगेको छ भने सुकेको प्याज तीन रुपैयाँले घटेर ११२ रुपैयाँ कायम रहेको छ।
त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकेजी ९० रुपैयाँ पुगेको छ भने रातो मूला २० रुयैयाँले बढेर ५० रुपैयाँ पुगेको छ। रायोको साग प्रतिकेजी १ं० रुपैयाँले घटेर १४० रुपैयाँ, बरेला १४० रुपैयाँ, कन्य च्याउ १७० रुपैयाँ, ब्रोकाउली १६० रुपैयाँ रहेको छ।
आज हरियो खुर्सानीको भाउ प्रतिकेजी ३० रुपैयाँले बढेर १३० रुपैयाँ पुगेको छ भने, सुकेको खुर्सानी ४३० रुपैयाँ नै कायम छ। फूजी स्याउ ३००, केरा १४० ,अनार ३३० रुपैयाँ तोकिएको छ।