वर्तमान सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्छः अध्यक्ष नेपाल

राम्रो अनलाइन     २१ असार २०८१, शुक्रबार
वर्तमान सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्छः अध्यक्ष नेपाल

 

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसद्को सामना गर्ने आँट गर्नुपर्ने बताएका हुन्। शुक्रबार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।  

उनले आफू अहिलेको सरकारमा कायम रहेको उल्लेख गर्नुहुँदै यस सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्ने जिकिर गरे ।  अध्यक्ष नेपालले पार्टीहरु बिचको सम्बन्धलाई कायम राख्न आवश्यक रहेको बताए । सबै राजनीतिक दलले संसद्लाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्ने बताए। उनले आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तीव्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने बताए।

उनले भने, ‘हामी अहिलेको यो सरकारमा कायम रहेका छौँ । यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ । हाम्रो पार्टीहरुको बिचको सम्बन्धलाई कायम राख्नुपर्छ । सबै राजनीतिक दलहरुले संसद्लाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्छ । हामी लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तीव्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्छौं ।’

अध्यक्ष नेपालले राष्ट्रिय सरोकारका विषयमा व्यापक परामर्श गरेर मात्रै अघि बढ्न आवश्यक रहेको बताए । 

प्रतिक्रिया