काठमाडौं– बुधबार मुलुकभर मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । विभिन्न स्थानमा हिमपातले जनजीवन कष्टकर बनेको छ । ठाउँठाउँमा सडक अवरुद्ध समेत भएका हुँदा स्थानीयवासी तथा यात्रुहरु मर्कामा परेका हुन् । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । मौसमी प्रणालीका कारण पर्वतारोहण,हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको तापक्रम न्यूनतम तीन दशमलव ६ र अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।
_1640785094.jpg)
हिमाली जिल्ला हुम्लामा बुधबार भारी हिमपात । हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ

बैतडीको सिउडे क्षेत्रमा भएको हिमपात । गए रातिदेखि परेको हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ ।

धौलागिरी पदमार्गमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका-मुदीको सिंकोस बगर क्षेत्रमा हिमपातले ढाकिएर सेताम्मे बनेका घरहरु

भोजपुरको सुन्तलेस्थित बाघखोरमा परेको हिउँ । माथिल्लो भेगमा एकदेखि डेढ फुटसम्म हिउँ परेको स्थानीयवासीले बताएका छन् ।

डोटीको जिल्ला सदरमुकाम सिलगढीसँगै जोडिएको झिग्रानामा भएको हिमपात । हिमपातका कारण चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ ।

हिउँले ढाकिएको ताप्लेजुङको सुकेटार विमानस्थल
_1640785524.jpg)
हिमाली जिल्ला हुम्लामा बुधबार भारी हिमपात । हिमपातले यहाँको जनजीवन प्रभावित भएको

जुम्ला सदरमुकाम खलङ्गा बजारमा परेको हिउँ । बुधबार बिहानदेखि लगातार भारी हिमपात भएपछि यहाँको जनजीवन निकै कष्टकर भएको छ । हिमपातले हिउँदे बाली राम्रो हुने किसान बताउँछन् ।
_1640785668.jpg)
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल तल्लो घोडेपानीमा बुधबार बिहान भएको हिमपात । हिमपात र चिसोले म्याग्दीको लेकाली बस्तीको जनजीवन कष्टकर बनेको छ ।