विवादमा तानिएपछि प्रकाशले युट्युबबाट हटाए ‘करिम’

राम्रो अनलाइन     १९ जेठ २०८१, शनिबार
विवादमा तानिएपछि प्रकाशले युट्युबबाट हटाए ‘करिम’

 

काठमाडाैं– विवादमा तानिएपछि प्रकाश दुतराजले ‘करिम’ गीतकाे भिडियाे युट्युबबाट हटाएका छन्।

बादी समुदायकाे अपमान गर्न खाेजिएकाे भन्दै गीतकाे भिडियाे हटाउन मागसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठानमा उजुरीसमेत परेकाे थियाे।

उजुरीपछि प्रकाशले शुक्रबार गीतकाे भिडियाे युट्युबाट हटाएका हुन्। यद्यपि, उक्त गीतकाे अडियाे भने युट्युबमा सुन्न सकिन्छ।

प्रकाशले यसअघि नै सामाजिक सञ्जालमार्फत् गीतमा कमजाेरी गरेकाे महसुस भएकाे बताएका थिए।

प्रतिक्रिया