विपीन कार्की भन्छन्– ‘काजी’ क्लासिक लभस्टोरी सिनेमा हो

राम्रो अनलाइन     ०७ वैशाख २०८३, सोमबार
विपीन कार्की भन्छन्– ‘काजी’ क्लासिक लभस्टोरी सिनेमा हो

काठमाडौं – विपीन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘काजी’को प्रदर्शन मिति तय भएको छ । प्रिभ्यू सार्वजनिक गर्दै आगामी जेठ ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । 

अभिनेता विपीन कार्कीले ‘काजी’ क्लासिक लभस्टोरी सिनेमा भएको बताएका छन् । उनले ‘ऊनको स्वीटर’ले जस्तै सरप्राइज दिने विश्वास व्यक्त गरेका छन् । यसलाई लक्ष्मीप्रसाद देवकोटाको उपन्यास मुनामदन जस्तै उत्कृष्ट लभस्टोरी कथाको रूपमा लिन सकिने उनको भनाइ छ । 

चलचित्रमा अभिनेत्री केकी अधिकारी काजीको कजिनी पात्रको रुपमा प्रस्तुत छिन् । रामप्रसाद रिजालको प्रस्तुति रहेको सिनेमामा विपीन र केकीसहित सिनेमामा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतमलगायतको अभिनय छ ।

लक्ष्मण रिजालले निर्देशन गरेको चलचित्रको कथा प्रदीप भारद्धाजले लेखेका छन् । 

प्रतिक्रिया