वडा कार्यालयभित्र मृत भेटिइन् युवती

राम्रो अनलाइन     १३ फागुन २०८०, आइतबार
वडा कार्यालयभित्र मृत भेटिइन् युवती

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयभित्र एक युवती मृत फेला परेकी छिन्।  भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयको सभाहलभित्र एक युवती झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

मृत फेला परेकी ती युवती भीमदत्त नगरपालिकाका एक नगर प्रहरीकी श्रीमती हुन्। प्रेम सम्बन्धपछि केही महिना पहिले उनीहरुले बिहे गरेका थिए। नगर प्रहरीलाई वडा कार्यालयमा ‘क्वाटर’ दिइएको थियो। श्रीमतीसहित उनी वडा कार्यालयको क्वाटरमा बस्ने गरेका थिए।

बिहान ४ बजेको समयमा योगा गर्न जाने मानिसहरुले युवती झुण्डिएको देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अहिले वडा कार्यालयको सीसीटीभी फुटेज जाँच गर्नुका साथै मृतकका श्रीमान्‌सँग सोधपुछ गरिरहेको छ।

प्रतिक्रिया