उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवद्वारा बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा आयोजित ‘१९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रममा आधुनिक कृषियन्त्रबाट रोपाइँ गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव ।
_1656512891.jpg)
कृषि ज्ञान केन्द्र लमजुङ र बेँसीसहर नगरपालिकाको कृषि शाखालगायतको संयुक्त आयोजनामा बुधबार बिहान बेँसीसहरमा १९औँ धान दिवसको अवसरमा आयोजित धान दिवस कार्यक्रममा बेँसीसहरको दनाईफाँटमा धान रोप्दै जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर गुरुङ, उपप्रमुख बुनाकुमारी रिमाल, यस नगरका नगरप्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी सुशिल वैद्य, ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडालगायत ।

भक्तपुर सूर्यविनायक नगरपालिकाको सिरूटारमा बुधबार अखिल नेपाल किसान महासंघ,उपत्यका समन्वय समितिद्वारा आयोजित १९ ओैँ राष्ट्रिय राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्वसमा सहभागीहरु।

राष्ट्रिय धान दिवसका अवसरमा कृषि ज्ञान केन्द्रले बुधबार बागलुङ नगरपालिका–८ सिगाना, ओखलढुङ्गा फाँटमा आयोजना गरेको रोपाइँ उत्सवमा असारे गीतमा नृत्य गर्दै सहभागी ।

संखुवासभाको खांदबारी नगरपालिका-८ मा बुधबार धान दिवसको अवसर पारेर धान रोपाइँ गरिँदै ।