उद्योग मन्त्रालयका लागि नौ अर्ब २८ करोड रकम विनियोजन

राम्रो अनलाइन     १५ जेठ २०८१, मङ्गलबार
उद्योग मन्त्रालयका लागि नौ अर्ब २८ करोड रकम विनियोजन

 

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षको लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि नौ अर्ब २८ करोड रकम विनियोजन गरेको छ ।

मङ्गलबार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेस गर्नुहुँदै अर्थमन्त्री पुनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि नौ अर्ब २८ करोड रकम विनियोजन गरेको बताए ।

उहाँले सरकारले निजगढदेखि ढल्केवरसम्मको पूर्वपश्चिम राजमार्ग आसपासका क्षेत्रलाई नेपाली गलैँचा कोरिडोरका रूपमा विकास गर्ने योजना बनाएको बताए । उनले सार्वजनिक निकायले नेपाली गलैँचा खरिद गर्नुपर्ने व्यवस्था मिलाइने बताए ।

अर्थमन्त्री पुनले प्रदेश तथा स्थानीय तहको सहकार्यमा रुकुम र सल्यानको शारदा नदी आसपासका क्षेत्रलाई कृषि कोरिडोर, जुम्लाको हिमा नदी र तीला नदी आसपासका क्षेत्रलाई मार्सी धान कोरिडोर, बाराको कोल्वीदेखि सिम्रौनगढ सडक आसपासका क्षेत्रलाई माछा कोरिडोरका रूपमा विकास गरिने बजेटमा उल्लेख गरे ।

प्रतिक्रिया