उच्च अदालतको मुख्य न्यायाधीश टुङ्गो, कोको परे सिफारिसमा ?

राम्रो अनलाइन     १२ माघ २०७७, सोमबार

न्यायापरिषद्ले उच्च अदालतका लागि तीनजना मुख्य न्यायाधीश सिफारिस गरेको छ । आइतबार बसेको बैठकले प्रकाशचन्द्र गजुरेल, निता गौतम र नृपध्वज निरौलाको नाम सिफारिस गरेको हो ।

सिफारिस गरिएका मध्ये गजुरेल जनकपुर उच्च अदालतका कामु मुख्य न्यायाधीश हुन् । त्यस्तै गौतम उच्च अदालत तुलसीपुरका कामु मुख्य न्यायाधीश हुन् भने निरौला  सर्वोच्च अदातका मुख्य रजिष्ट्रार हुन् । प्रशासनबाट सिधै मुख्यन्यायधीश हुने निरौला पहिलो व्यक्ति हुन्। मुख्य न्यायाधीशका रुपमा पाँच वर्ष काम गरेपछि सर्वोच्चमा आउने बाटो सहज हुन्छ। 

यसैगरी परिषद् निर्णयअनुसार सर्वोच्चका पूर्व वरिष्ठ न्यायाधीश वैधनाथ उपाध्यायलाई राष्ट्रिय न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्तिका लागि सिफारिस गरिएको छ। यसअघिका कार्यकारी निर्देशक तपबहादुर मगर राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा सिफारिस भएपछि उक्त पद रिक्त थियो।

प्रतिक्रिया