काठमाडौं– नेपाली सेनाले आफ्नो स्थापनाको २६१औं वार्षिकोत्सवको अवसरमा आज शुक्रबार काठमाडौंको टुँडिखेलमा विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुति दिएको छ । शिवरात्रिको दिनमा पर्ने सेना दिवस शुक्रबार टुँडिखेलमा मनाइएको हो। राष्ट्रपति रामचन्द्र पौडेल सेना दिवसका अवसरमा आयोजित विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्।

