तस्बिरमा हेर्नुहोस गोवामा अभिनेत्री नम्रता सापकोटाको योग पोज 

राम्रो अनलाइन     २० पुस २०८०, शुक्रबार
तस्बिरमा हेर्नुहोस गोवामा अभिनेत्री नम्रता सापकोटाको योग पोज 


‘अन्तराल’ डेब्यु अभिनेत्री नम्रता सापकोटा ओशो सन्यासी बनेको डेढ वर्ष भयो । त्यसयता उनको जीवनमा आध्यात्मिक मोड आएको छ । उनी यतिबेला चित्त शुद्ध बनाउने प्रयासमा छिन् ।

‘छक्कापञ्जा’ अभिनेत्री समेत रहेकी नम्रतालाई लिएर यतिबेला नयाँ खबर छ । उनले भारतको केरलाबाट योग शिक्षकको रुपमा स्नातक ९ग्राजुएसन० उत्तीर्ण गरेकी छन् । त्यहाँको शिवानन्द धन्वन्तरी आश्रममा उनले योग सिकेकी छिन् ।

सामाजिक सञ्जालबाट उनले आफू योग टिचरको रुपमा ग्राजुएट भएको फोटो सार्वजनिक गरेकी छन् । उनी यतिबेला भारतको गोवामा रमाइरहेकी छन् । समुन्द्री तटमा योग गरिरहेकोदेखि सूर्यास्तमा रमाइरहेको उनको फोटो आकर्षक देखिन्छ ।

एक तस्वीरमा उनी ध्यानमग्न मुद्रामा योग गरिरहेकी छिन् । केही समयदेखि लगातार उनले दक्षिण भारतका विभिन्न ठाउँमा हट र आकर्षक फोटो सार्वजनिक गरिरहेकी छिन् । कामको कुरा गर्दा नम्रता अभिनित फिल्म ‘नम्बरी सुन’ प्रदर्शनको तयारीमा छ । उनको पछिल्लो रिलिज भएको फिल्म ‘डेसान’ थियो ।

तस्बिरः नम्रताको फेसबुकबाट

प्रतिक्रिया