काठमाडौँ– त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दुई महिलासहित ४३ जना प्राध्यापकले खुला प्रतिस्पर्धाका लागि आवेदन दिएका छन् ।
उपकुलपतिका लागि आवेदन दिने म्याद १५ दिनको थियो । उपुकलपति सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्ने र तीमध्ये एकलाई कुलपतिले नियुक्ति दिने व्यवस्था छ । त्रिविले आवेदकहरुमध्येबाट प्रस्तुतीकरणको मूल्यांकन र अन्तर्वार्ता लिएर सर्वोत्कृष्ट अंक पाउने तीन जनाको नाम शिक्षा मन्त्री नेतृत्वको सिफारिस समितिले कुलपति एवम् प्रधानमन्त्रीलाई बुझाउँछ । ती तीन जनामध्ये एक जनालाई कुलपतिले उपकुलपति नियुक्त गर्ने छन् ।
कात्तिक १६ मा प्रा.डा.धर्मकान्त बाँस्कोटा पदावधि सकिएर पदमुक्त भएपछि त्रिभुवन विश्वविद्यालय उपकुलपति विहीन छ ।