त्रिभुवन विमानस्थल आजदेखि ६ घण्टा ४५ मिनेट बन्द

राम्रो अनलाइन     ०७ वैशाख २०८३, सोमबार
त्रिभुवन विमानस्थल आजदेखि ६ घण्टा ४५ मिनेट बन्द

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला गरिने समय घटाइएको छ । सोमबार (वैशाख ७)देखि आउँदो जेठ ४ गतेसम्म थप एक घण्टा ४५ मिनेट विमानस्थल बन्द गरिने भएको हो ।

यो अवधिमा राति ११ः४५ देखि भोलिपल्ट बिहान ६ः३० बजेसम्म विमानस्थल बन्द गरिने नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । विमानस्थल यसअघि राति १ देखि बिहान ६ बजेसम्म बन्द गर्ने गरिएको थियो ।

‘वैशाख ७ गतेदेखि २७ दिनको लागि ६ घण्टा ४५ मिनेट बन्द हुनेछ,’ उनले भने, ‘विमानस्थलको रनवे विस्तारको लागि बन्द हुने समय थप भएको हो ।’

दक्षिणतर्फको ट्याक्सी वे र ह्यांगर क्षेत्रमा निर्माण कार्य गर्नुपर्ने भएकाले थप एक घण्टा ४५ मिनेट विमानस्थल बन्द गर्न लागिएको उनले बताए ।

प्रतिक्रिया