तराईका तीन विमानस्थलको उडान अवरुद्ध

राम्रो अनलाइन     १० माघ २०८१, बिहिबार
तराईका तीन विमानस्थलको उडान अवरुद्ध

 

काठमाडौँ – पर्याप्त भिजिबिलिटी नभएका कारण तराई क्षेत्रका तीन विमानस्थलको उडान अवरुद्ध भएको छ ।  भिजिबिलिटी नभएका कारण दिउँसो साढे १ बजेसम्म भद्रपुर, सिमरा र जनकपुर विमानस्थल ठप्प छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार यी विमानस्थल क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । जसले गर्दा विमान उडान र अवतरणका लागि पर्याप्त भिजिबिलिटी छैन । 

 

प्रतिक्रिया