तोलामा कति पुग्यो सुनको मूल्य?

राम्रो अनलाइन     १३ असार २०८१, बिहिबार
तोलामा कति पुग्यो सुनको मूल्य?

 

काठमाडाैं–  आज नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ। बिहीबार सुनको मुल्य तोलामा ८ सयले घटेर तोलाको १ लाख ४० हजार ८ सयमा कारोबार भएको छ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६ सयमा कारोबार भएको थियो। आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार १ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया