तोलामा कति पुग्यो सुनको मूल्य?

राम्रो अनलाइन     १४ जेठ २०८१, सोमबार
तोलामा कति पुग्यो सुनको मूल्य?

 

काठमाडाैं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ३०० रुपैयाँले बढेर तोलामा १ लाख ३७ हजार २०० पुगेकाे छ भने तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार सुन तोलामा १ लाख ३६ हजार ९०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २५० रुपैयाँ थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको तोलामा २५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य तोलामा १८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया