तोलामा ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

राम्रो अनलाइन     १२ पुस २०८१, शुक्रबार
तोलामा ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

 

काठमाडाैं – नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढेको हो।

सुन आज तोलामा ४ सय रुपैयाँले बढेर एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ तोलाको एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोवार भएको थियो।

प्रतिक्रिया