तोलामा २६ सयले घट्यो सुनको भाउ

राम्रो अनलाइन     २३ चैत २०८२, सोमबार
तोलामा २६ सयले घट्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार (चैत २३) सुनको मूल्य प्रतितोला २६ सय रुपैयाँले घटेको हो । 

आजका लागि प्रतितोला दुई लाख ९१ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन तोलाको दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेर चार हजार ७८० रुपैयाँ कायम भएको छ ।  हिजो चार हजार ८३० रुपैयाँमा खरिदबिक्री भएको थियो । 
 

प्रतिक्रिया