तोलामा २४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

राम्रो अनलाइन     ११ माघ २०८२, आइतबार
तोलामा २४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं – सुनको मूल्य मूल्य लगातार उकालो लागेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (माघ ११) छापावाल सुन तोलामा २४ सय बढेको हो ।आजको मूल्यअनुसार एक तोला सुन किन्न उपभोक्ताले तीन लाख तीन हजार ८०० रुपैयाँ खर्चिनुपर्नेछ । 

शुक्रबार (माघ ९) तीन लाख एक हजार ४०० रुपैयाँ कायम थियो । चाँदीको मूल्य पनि तोलामा २९० बढेको छ । यससँगै चाँदी प्रतितोला ६ हजार ४८० रुपैयाँ पुगेको हो । शुक्रबार चाँदी प्रतितोला ६ हजार १९० रुपैयाँ थियो ।

प्रतिक्रिया