तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

राम्रो अनलाइन     २० फागुन २०८०, आइतबार
तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ– साताको पहिलो दिन (आइतबार) सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आइतबार १ लाख २१ हजार पुगेको हो ।

त्यस्तै चाँदीको मूल्य पनि आइतबार तोलाको २० रुपैयाँ बढेको छ । अघिल्लो कारोबार दिन तोलाको १ हजार ३९० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ४१० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया