तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

राम्रो अनलाइन     ०४ पुस २०८०, बुधबार
 तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  आज (बुधबार) सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज १ हजार रूपैयाँले सुनको मूल्य र चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार, तेजावी सुनको मूल्य १ लाख १८ हजार ४५० र चाँदीको मूल्य १ हजार ४६५ रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार, तेजावी सुनको मूल्य १ लाख १७ हजार ४५० र चाँदीको मूल्य १ हजार ४५० रुपैयाँ तोकिएको थियो ।

प्रतिक्रिया