टेलिकमलाई उछिन्दै बजार पुँजीकरणमा नम्बर एक बन्यो नबिल

राम्रो अनलाइन     ०९ साउन २०७८, शनिबार
टेलिकमलाई उछिन्दै बजार पुँजीकरणमा नम्बर एक बन्यो नबिल


नेपाल टेलिकमलाई उछिन्दै नबिल बैंक बजार पुँजीकरणमा पहिलो स्थानमा उक्लिएको छ । साताको अन्तिम कारोबार दिन नबिल बैंकको सेयर मूल्यमा आएको सुधारपछि पुँजीकरणमा नबिल एक नम्बर बनेको हो ।

बिहीबारको कारोबारपछि बैंकको बजार पुँजीकरण १ खर्ब ९६ अर्ब ६७ करोड ५५ लाख ११ हजार रुपैयाँ कायम भएको छ । १३ करोड ४८ लाख १ हजार ५८४ कित्ता सेयर सूचीकरण भएको बैंकको प्रतिकित्ता शेयर मूल्य १ हजार ४५९ रुपैयाँ छ ।

बिहीबार नबिल बैंकको सेयर मूल्य ५ रुपैयााले बढेको थियो भने बजार पुँजीकरणमा एक नम्बरमा रहेको नेपाल टेलिकमको सेयर मूल्य प्रतिकित्ता ६ रुपैयााले घटेको थियो ।

दोस्रो स्थानमा झरेको नेपाल टेलिकमको १५ करोड कित्ता सेयर सूचीकरण भएकोमा प्रतिकित्ता शेयर मूल्य १ हजार २९६ रुपैयाँ छ । उसको बजार पुँजीकरण १ खर्ब ९४ अर्ब ४० करोड रुपैयाँ छ । टेलिकमको तुलनामा नबिलले बजार पुँजीकरण २ अर्ब २७ करोड रुपैयाँले बढी हो ।

प्रतिक्रिया