स्वर्णिम वाग्लेको सचिवालयबाट कुट्ने धम्की आयो : मुकुल ढकाल

राम्रो अनलाइन     ३० असार २०८१, आइतबार
स्वर्णिम वाग्लेको सचिवालयबाट कुट्ने धम्की आयो : मुकुल ढकाल

 

काठमाडाैं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मुकुल ढकालले स्वर्णिम वाग्लेको सचिवालयले कुट्ने धम्की दिएको बताएका छन् । 

आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै ढकालले भनेका छन्, ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइन् । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन’... लगायत अनेक भनेका छन् ।’


उनले हिजो राति नै इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको बताएका छन् । 
 

प्रतिक्रिया