सुनको मूल्यमा नयाँ कीर्तिमान, ताेलामा कति?

राम्रो अनलाइन     ०७ असोज २०८१, सोमबार
सुनको मूल्यमा नयाँ कीर्तिमान, ताेलामा कति?

 

काठमाडाैं – नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेकाे छ। सोमबार सुन तोलामा ४ सयले बढेर प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको हो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको थियो। त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य प्रतितोला १९२० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

प्रतिक्रिया