सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, ताेलामा कति?

राम्रो अनलाइन     ०७ कात्तिक २०८१, बुधबार
सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, ताेलामा कति?

 

काठमाडाैं – आज (बुधबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबार एकै दिन प्रतितोला ८ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ तोकेको छ। यसअघि मंगलबार १ लाख ६५ हजार ९ सय रूपैयाँ कायम भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि ३५ रूपैयाँले बढेको छ। मंगलबार तोलामा २ हजार १ सय रूपैयाँमा कारोवार भएको चाँदी आज ३५ रूपैयाँले बढेर २ हजार १ सय ३५ रूपैयाँमा कारोवार भइरहेको छ।

प्रतिक्रिया