सुनको मूल्यमा गिरावट

राम्रो अनलाइन     १७ मंसिर २०८१, सोमबार
सुनको मूल्यमा गिरावट

 

काठमाडाैं – सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला १ लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज १२ सयले घटेर प्रतितोला एक लाख ४९ हजार तीन सय रूपैयाँ कायम भएको छ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला २५ रुपैयाँले घटेर एक हजार आठ सय १५ मा कारोबार भइरहेको छ। 

प्रतिक्रिया