सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाकै डेढ लाख

राम्रो अनलाइन     २१ साउन २०८१, सोमबार
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाकै डेढ लाख

 

काठमाडौँ–  सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु. एक लाख ५० हजार कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु। एक लाख ४९ हजार सात सयमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला रु. तीन सयले वृद्धि भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु। तीन सयले वृद्धि भएको छ । आइतबार प्रतितोला रु.एक लाख ४९ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु. एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला रु। एक हजार सात सय ८५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

प्रतिक्रिया