सुनको मूल्य तोलामा २७ सयले बढ्यो

राम्रो अनलाइन     १३ वैशाख २०८३, आइतबार
सुनको मूल्य तोलामा २७ सयले बढ्यो

काठमाडौं – स्थानीय बजारमा आइतबार (वैशाख १३) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा दुई हजार ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९९ हजार २०० रुपैयाँ कायम छ । शुक्रबार (वैशाख ११) छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला चार हजार ९९५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया