सुनको मूल्य हालसम्मकै उच्च, ताेलामा कति?

राम्रो अनलाइन     १४ कात्तिक २०८१, बुधबार
सुनको मूल्य हालसम्मकै उच्च, ताेलामा कति?

 

काठमाडाैं – नेपाली बजारमा सुनको मूल्यले बुधबार नयाँ रेर्कड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ तोकेको छ।

आज सुन प्रतितोला २२ सय रूपैयाँले बढेको हो। यसअघि मंगलबार सुन १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेको छ। मंगलबार तोलामा २ हजार १ सय ५ रूपैयाँमा कारोवार भएको चाँदी आज १५ रूपैयाँले बढेर २ हजार १ सय २० रूपैयाँमा कारोवार भइरहेको छ।

प्रतिक्रिया