सुनको मूल्य हालसम्मकै उच्च 

राम्रो अनलाइन     २७ फागुन २०८०, आइतबार
सुनको मूल्य हालसम्मकै उच्च 

काठमाडौं–  विगत ५ दिनदेखि सुनले दैनिक उच्च मूल्य रेकर्ड बनाइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख २५ हजार रुपैयाँ रहेकोमा आइतबार १ लाख २६ हजार रुपैयाँ पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १ हजार ४७० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ४७५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया