सुनको मूल्य हालसम्मकै उच्च

राम्रो अनलाइन     २४ फागुन २०८०, बिहिबार
सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ–   नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । महासंघका अनुसार बिहिबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला १ लाख २४ हजार ४ सय कायम भएको छ । 

बुधबार छापावाला सुनको मुल्य  प्रतितोला एक लाख २३ हजार पाँच सयकायम भएको थियो भने मंगलबार १ लाख २३ हजार कायम भएको थियो । बुधबारको मुल्यमा प्रतितोला १५ सय बढेर सुनको मुल्यले हालसम्मकै रेकर्ड ब्रेक गरेको हो । 

प्रतिक्रिया