सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

राम्रो अनलाइन     २७ कात्तिक २०८१, मङ्गलबार
सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

 

काठमाडाैं – नेपाली बजारमा सुनको भाउ घटेको छ । मंगलबार बजारमा सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन सोमबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, यो दिन चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । आज  चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ३९ हजार ४ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ५० रुपैयाँ ५० पैसा कायम भएको छ ।

प्रतिक्रिया