सुनको मूल्य घट्दा चाँदी बढ्यो

राम्रो अनलाइन     २८ कात्तिक २०८१, बुधबार
सुनको मूल्य घट्दा चाँदी बढ्यो

 

काठमाडाैं – आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार एक लाख ६२ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ४ सय रूपैयाँले घटेर एक लाख ६२ हजार २ सय रूपैयाँमा  कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला रु १ हजार ९ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया