सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ? 

राम्रो अनलाइन     ०७ माघ २०८०, आइतबार
सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ? 

 काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ । आजका लागि छापावाल सुनको मूल्य एक लाख १८ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ । 

शनिबार एक लाख १८ हजार रुपैयाँमा छापावाल, एक लाख १७ हजार ४५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो ।

महासंघका अनुसार प्रतितोला ५ रुपैयाँले घटेको चाँदीको मूल्य आइतबार एक हजार ३९० रुपैयाँ कायम छ । अघिल्लो कारोबार दिनमा चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।
 

प्रतिक्रिया