सुनको मूल्य ४०० ले बढ्यो, चाँदीको स्थिर

राम्रो अनलाइन     ०१ पुस २०८१, सोमबार
सुनको मूल्य ४०० ले बढ्यो, चाँदीको स्थिर

 

काठमाडौँ –  नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुन सोमबार ४ सय रुपैयाँ बढेर १ लाख ५१ हजार २०० रुपैयाँ कायम भएको हो । 

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ।  आइतबार तोलामा १ हजार ८४० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघको भनाइ छ ।

 

प्रतिक्रिया