सुनको मूल्य २२०० बढ्यो

राम्रो अनलाइन     २३ माघ २०८१, बुधबार
सुनको मूल्य २२०० बढ्यो

 

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला २२ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो मंगलबार प्रतितोला एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदी प्रतितोला ४५ रुपैयाँ बढेर एक हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया