काठमाडौँ– साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
सुनको मूल्य २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य २०५ रुपैयाँले बढेर प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।